काठमाडौं : सलिनमान बनियाँले आफ्नो जन्म दिनको अवसर पारेर आफु अभिनित फिल्म ‘युनीभर्सटी अफ गुण्डाज्’को टिजर सार्वजनिक गरेका छन्।
एक्सन जनरामा निर्माण भएको यो फिल्मलाई उनले आफ्नो जन्मदिन पारेर आफ्ना दर्शकलाई सरप्राइज स्वर टिजर रिलिज गरेका हुन्। ओएसआर डिजिटल युटुब च्यानलबाट रिलिज भएको १ मिनेट १२ सेकेण्ड लामो टिजरमा उनको बबाल एक्सन देख्न सकिन्छ।
यस फिल्मको टिजरमा सलोन बस्नेतको पनि उस्तै एक्सनमा उत्रिएका छन्। पछिल्ला बनिरहेका फिल्म भन्दा फरक बनेको देखिन्छ। टिजरमा सलिमान र सलोन एकअर्काका साथी देखिएका छन्। आफ्नो ग्याङबाट कुनै सफलता हासिल गर्नका लागि लडाई लडिरहेको टिजरमा देखिन्छ।








