सर्लाहीमा घरमा आगलागी हुँदा १५ लाखको क्षति

२०८३ बैशाख २५, शुक्रबार

काठमाडौँ : सर्लाहीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।

शुक्रबार बिहान हरिवन नगरपालिका- १ बिलन्दीस्थि चुरे क्षेत्रका दिवस बोम्जनको घरमा आगो लागेको हो।

आगलागीबाट झण्डै १५ लाख रुपैयाँको क्षति भएको स्थानीय राजु लोले जानकारी दिए।

दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिए पनि घरसहित सम्पूर्ण सरसामान भने पूर्णरुपमा जलेको छ।

आगलागीबाट नगद ३ लाख २० हजार, दुई तोला सुन, अन्नपात र लत्ताकपडा गरि लगभग १५ लाख रुपैयाँ बराबरको क्षति भएको पीडितले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार