भक्तपुरमा २५ लाख बढीका गरगहना चोरी

२०८३ बैशाख २५, शुक्रबार

काठमाडौँ : भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलमा २५ लाख रुपैयाँ भन्दा बढीका गरगहना चोरी भएको छ ।

उक्त ठाउँमा डेरा गरी बस्ने सन्ध्या तामाङ, जगमाया फुयाल, जय तामाङ र आनन्द कुमारको कोठाबाट बिहीबार साँझ सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब २५ लाख ७७ हजार रूपैयाँबराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्नहरू भने अहिलेसम्म पक्राउ परेका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार