टिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

२०८३ बैशाख २५, शुक्रबार

काठमाडौं : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्लाको गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार दिउँसो ना७ख ८६२१ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको लु४१प ९२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार देवचुली नगरपालिका–१० का ३५ वर्षीय जमुदा गिरी थापाको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए।

दुर्घटनमा परी मोटरसाइकल चालक मृतक जमुना गिरी थापाका श्रीमान् ४० वर्षीय राजबहादुर थापा घाइते भएका छन्। उनको भरतपुरमा उपचार भइरहेको छ। ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक पण्डितले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार