सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी

२०८३ बैशाख २५, शुक्रबार

काठमाडौं : पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारी गाडी फिर्ता गरेकी छिन् ।

बालेन शाह नेतृत्वको नयाँ सरकार आएपछि उनले प्रयोग गर्दै आएको सरकारी सुविधा बापतको गाडी फिर्ता गरेको कार्की प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए।

कार्कीले आफूले प्रयोग गर्दै आएको गाडी थोत्रो र इन्धन पनि बढी लाग्ने गरेको गुनासो गर्ने गरेकी थिइन् । उनले धेरै तेल खाने गाडी सरकारलाई नै फिर्ता पठाइदिन सचिवालयलाई भनेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार