राजेश र करिश्मा अभिनीत गीत ‘म हुँ पानी’ सार्वजनिक

२०८३ बैशाख २७, आईतवार

काठमाडौँ : ‘पानको पात’ जस्ता कालजयी लोक गीतका सर्जक तथा वरिष्ठ लोक गायक बम बहादुर कार्कीको नयाँ सन्देशमूलक गीतको भिडियो ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक गरिएको छ ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अभिनेता राजेश हमालले भिडियो सार्वजनिक गरेका हुन् । कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, गायक बम बहादर कार्की, निर्देशक देवेन्द्र पाण्डे र गायिका तथा गोरखा म्युजिककी सञ्चालक शिवा आले कार्की, कलाकार उत्तम केसी लगायतको उपस्थिति थियो ।

प्रकृति र मानवीय अस्तित्वको मुख्य आधार पानीको महत्वलाई केन्द्रमा राखेर तयार पारिएको यस गीतमा समाजका लागि एउटा गहन सन्देश प्रवाह गरिएको छ। म्युजिक भिडियोमा नेपाली चलचित्र क्षेत्रका सदाबहार जोडी महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको अभिनय छ ।

गीतमा बम बहादुर कार्की स्वयम्को शब्द र सङ्गीत छ । स्वरमा कार्कीलाई गायिका शिवा आले कार्की, लोचन भट्टराई र गायक अर्जुन सोनमले साथ दिएका छन् । सङ्गीत संयोजन बि.बि.अनुरागीले गरेको छन् । देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोलाई हरि हुमागाईँले छायाङ्कन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार