एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड

२०८३ बैशाख २७, आईतवार

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा निकाल्ने तयारी गरेको छ ।

बोर्डले यही वैशाख महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा निकाल्ने तयारीसँगै बोर्डले एक सूचना जारी गरी नतिजा प्राप्त गर्न वा हेर्न सक्ने माध्यमहरुको सूची सार्वजनिक गरेको छ । बोर्डका अनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।

बोर्डले चैत १९ गतेदेखि २९ गतेसम्म एसईई सञ्चालन गरेको थियो । परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले सहभागी भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार