एसइईको नतिजा भोलि प्रकाशन गर्ने तयारी

२०८३ बैशाख २८, सोमबार

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा मंगलबार प्रकाशन गर्ने तयारी छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सबै प्राविधिक तयारी भइसकेको जनाएको छ । ‘प्राविधिक रूपमा सबै तयारी भइसकेको छ । शिक्षा मन्त्रालय, सचिवज्यू र बोर्डको बैठक बसेर नतिजा प्रकाशन गर्ने हो, सम्भवतः मंगलबार नतिजा प्रकाशन हुन्छ,’ बोर्डका डेपुटी कन्ट्रोलर विष्णु ज्ञवालीले भने ।

१९ देखि २९ चैतसम्म भएको एसइईमा नियमिततर्फका चार लाख ४६ हजार ५७६ र ग्रेडवृद्धितर्फका ६३ हजार ४८५ विद्यार्थी सहभागी थिए । दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्रले परीक्षामा भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार