फिल्म ‘रोल नं १’ को ट्रेलर सार्वजनिक

२०८३ जेष्ठ १, शुक्रबार

काठमाडौँ : जेठ १५ गतेबाट ‘रोल नं १’ प्रदर्शनमा आउँदै छ । जोन योञ्जनको निर्देशन रहेको फिल्मको शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ ।

विनोद पौडेलको निर्माण रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । फिल्मको बाल–कलाकारमा निर्भीक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ छन् ।

विनोद पौडेल र जाह्न्वी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं हुन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् भने छायांकन शिवराम श्रेष्ठको छ । फिल्ममा प्रशान्त शिवाकोटीको संगीत छ । रिच इन्टरटेन्मेन्ट र जे एम फिल्मले वितरण गर्ने फिल्म विदेशमा पनि प्रदर्शनमा आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार