चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन कुस्माबाट सुरु

२०८३ जेष्ठ २, शनिबार

काठमाडौं : चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै निर्माणपक्षले पर्वतको कुस्माबाट सिनेमाको छायांकन सुरु गरेको हो ।

शुभमुहूर्तमा चलचित्रका मुख्य कलाकार विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेलगायत कलाकार उपस्थित थिए । चलचित्र ३५ दिन छायांकन गर्ने सेड्युल रहेको निर्देशक सरोज पौडेलले जानकारी दिएका छन् ।

चलचित्रमा लेखन पनि निर्देशक पौडेल स्वयंको छ । आरआर फिल्मसले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार