नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

२०८३ जेष्ठ ८, शुक्रबार

काठमाडौँ : नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। सोमबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले  प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनलाई आज बस्ने बैठकले अन्तिम रूप दिनेछ।

केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार विहान ११:३० बजे अध्यक्ष ओली निवास गुण्डुमा बैठक बस्ने तय भएको छ। अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रूप दिइने र त्यसलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत नेताहरूलाई पठाउने तयारी छ।

गत मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा भएको ११ औं महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन गरिएको थियो। फागुन २१ को निर्वाचनमाकेन्द्रित भएर काम गर्न केन्द्रीय सदस्य तथा पदाधिकारीलाई जिम्मेवारी दिइएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार