जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भैगो नि ! : बास्कोटा

२०८३ जेष्ठ ८, शुक्रबार

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमालेको सचिवालयमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनप्रति असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले एमालेमा उस्तै प्रकृतिका विभाग र फाँटहरू नामका लागि मात्र राखिएको टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘एमालेले उस्तै–उस्तै प्रकृतिका विभाग र फाँट नामकै लागि किन राख्नु ? जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भइहाल्यो नि ! मर्जिङ गर्नु राम्रो । कामकाजी नहुने, नामधारी हुने संगठनमा व्यक्तिका नामको चाङ किन चाहियो ? मागेको हैन, सुनेपछि लागेको कुरा भनेको ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार