टेरिया, दयाहाङ, सौगात अभिनित फिल्म ‘मितज्यू’ प्रदर्शनमा

२०८३ जेष्ठ ८, शुक्रबार

काठमाडौँ : आज शुक्रबारबाट नेपाली फिल्म ‘मितज्यू’ प्रदर्शनमा आएको छ ।

‘मितज्यू’ मार्फत दर्शकले दयाहाङ राई र सौगात मल्लको जोडी फेरि पर्दामा देख्न पाएका छन् । यी दुई अभिनेताको उपस्थिति नै फिल्म सफल बनाउन पर्याप्त मानिन्छ । यो फिल्मबाट डान्सर टेरिया फौजा मगर अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन् ।

फिल्ममा दयाहाङ, सौगात र टेरियाका अलावा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना रानामगर, अनुशा राई तथा खड्गबहादुर पुनमगरको अभिनय छ ।

जनक घर्ती मगरले निर्माण गरेको यो फिल्म ग्रामीण परिवेशमा खिचिएको छ । फिल्मले मित्रता र सामाजिक द्वन्द्वको कथा प्रस्तुत गर्नेछ । यस फिल्मलाई अनिल बुढा मगरले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार