सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

२०८३ जेष्ठ ८, शुक्रबार

काठमाडौँ : महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार घुस रकमसहित पक्राउ परेका छन् ।

एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले यादवलाई पक्राउ गरेको हो ।

औरही सडकबाट उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार