काठमाडौं : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।
शनिबार अध्यक्ष ओली निवास गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेता भट्टराईले अध्यक्ष ओलीको राजीनमा मागेका हुन् ।
‘अहिलेको संककटबाट पार्टीलाइ जोगाउन अध्यक्षज्युले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ र पार्टी पुनगर्ठन गर्न सहयोग गर्नुपर्छ’, बैठकमा भट्टराईको भनाई उधृत गर्दै स्रोतले भन्यो, ‘अब यसैगरी पार्टी आन्दोलन चल्दैन ।’











