शंकर पोखरेलले पनि छाडे ओलीको साथ

२०८३ जेष्ठ ९, शनिबार

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि अध्यक्ष केपी शर्मा ओलीलाई अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने सुझाव दिएका छन् ।

शनिबार अध्यक्ष ओलीकै निवासमा बसेको पार्टी सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा महासचिव पोखरेलले परिस्थिति सहज नभएको भन्दै यही परिस्थितिमा अघि बढ्न नसक्ने बताएका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार, पोखरेलले ओलीलाई ‘राजीनामा नै गर्नु’ भन्ने शब्द चाहिँ प्रयोग गरेनन् । यद्यपि अहिलेकै अवस्थामा अघि बढ्न नसकिने, समीक्षा र सुधारसहित पार्टीलाई अघि बढाउनुपर्ने महासचिव पोखरलेको भनाइ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार