काठमाडौँ : नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११:३० बजे बैठक सुरु हुनेछ । शनिबार नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका छन् । शनिबारको बैठकमा महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ४ जना सचिवहरूले धारणा राखेका थिए ।





