काठमाडौं : आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९० हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार १ सय १५ रूपैयाँ कायम भएकोमा आज १ सय ५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको छ ।





