कर्मचारीको तलब बढाउन सिफारिस

२०८३ जेष्ठ १०, आईतवार

काठमाडौं : मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको एक समितिले ५७ प्रतिशतसम्म तलब बढाउन सरकारलाई सिफारिस गरेको छ ।

अर्याल अध्यक्ष रहेको कर्मचारीको तलब भत्ता पुनरावलोकन समितिले उक्त सिफारिस गरेको हो । समितिले आगामी आर्थिक वर्षका लागि कर्मचारीहरुको तलब ५७ प्रतिशतसम्म बढाउन भनेको छ ।  सुझावमा महँगीसमेतलाई मध्येनजर गरी सरकारी कर्मचारीहरुको न्यूनतम र अधिकतम तलबको सीमा तोक्न भनिएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते बजेट ल्याउँदै छ । बजेटको पूर्र्वसन्ध्यामा कर्मचारीको तलब भत्ता पुनरावलोकन समितिले सरकारलाई सुझाएको हो ।  अर्याल समितिले मुख्यसचिव तहको तलब ५६.७१ प्रतिशतले वृद्धि गर्न सुझाएको छ । कार्यालय सहयोगी कर्मचारीको तलब २७ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार