रोकिराखेको ट्याक्टर पल्टिँदा बालिकाको मृत्यु

२०८३ जेष्ठ ११, सोमबार

काठमाडौँ : कैलालीमा रोकी राखेको ट्याक्टर सडक बाट खस्दा पानी बोकेर घर तर्फ जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ।

आइतबार बेलुकी जिललको मोहन्याल गाउँपालिका –६ सोल्टामा भे १ त ९०८१ नम्बरको ढुंगा लोड गरी रोकी राखेको ट्याक्टर अचानक सडकको बाँया तर्फ अन्दाजी १५ मिटर तल खस्दा नजिकै रहेको धाराबाट पानी लिएर घरतर्फ जाँदै गरेकी स्थानीय ९ वर्षीया  जयसरा सिजापतीको घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि  सुर्खेतको  बिरेन्द्र नगरपालिका छिन्छुका चालक सशिप वली फरार छन् । उनको खोजी भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार