रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ

२०८३ जेष्ठ ११, सोमबार

काठमाडौँ : रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ परेका छन् ।

रसुवाको उत्तरगया गाउँपालिका बेत्रावती बजारस्थित पासाङल्याम्हु सडक खण्डमा काठमाडौँबाट टिमुरे जाँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्नेक्रममा प्रहरीले बसमा सवार धादिङका ३७ वर्षीय सुशील गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गुरुङसँग ४३ हजार डलर फेला पारेको बताएको छ । अहिले गुरुङलाई राजश्व अनुसन्धान विभाग पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार