सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

२०८३ जेष्ठ ११, सोमबार

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केही बेरअघि सुरु भएको हो।

नियमित प्रक्रिया र समसामयिक राष्ट्रिय मुद्दाहरूमा केन्द्रित भई बोलाइएको यस बैठकमा सरकारका विभिन्न नीतिगत निर्णय, प्रशासनिक कार्यसम्पादन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा विभिन्न मन्त्रालयका तर्फबाट पेस गरिएका प्रस्तावहरूमाथि छलफल गरी आवश्यक निर्णयहरू लिइने बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार