काठमाडौं : ‘नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति’ले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।सोमबार काठमाडौंको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा समितिले १५ बुँदे माग राख्दै पूरा नभएर सिंहदरबार घेराउसहितका कार्यक्रम सार्वजनिक गरेको हो ।
समितिका संयोजक खगेन्द्र पौडेलले लाखौं भूमिहीन–सुकुम्बासी समुदायमाथि वैकल्पिक पुनस्र्थापना, उचित व्यवस्थापन बिना डोजर लगाइएकोले संघर्षमा उत्रिन बाध्य भएको जानकारी दिए । जेठ ३ र ४ गते बुटवलमा भएको जन प्रदर्शन सहित राष्ट्रिय भेलामार्फत सघर्षका कार्यक्रम तय गरेको र आफूहरुले उठाएका १५ बुँदे माग पूरा नभए सोही अनुरुप संघर्ष चर्काउने पौडेलको चेतावनी छ ।
संरक्षण समितिका हरिश गिरीले सरकारको डोजर अभियानका कारण आत्महत्या गर्न बाध्य भएका नागरिकलाई सहिद घोषणा गर्न माग गरे । गिरीले मृतकको परिवारलाई उचित क्षतिपूर्ति सहित व्यवस्थापन र अत्महत्य गर्न बाध्य पार्ने दोषीउपर कारबाही गर्न माग समेत गरे ।
समितिका सदस्य विरमान लामाले सुकुम्बासी तथा पीडित भूमिहीनहरुलाई सरकारले लालपूर्जाको व्यवस्था गर्नुपर्ने, क्षतिपूतिसहित उचित व्यवस्थापन गर्नुपर्ने, अवैधानीक डोजर अभियान बन्द गर्नुपर्नेलगायतका १५ बुँदे मागहरु परा नभए देशव्यापी आन्दोलन चर्काउने कार्ययोजना रहेको जानकारी दिए ।
राष्ट्रिय जेनजी–नागरिक अभियानका प्रवक्ता विर्जन विश्वकर्माले अवैधानीकरुपमा बालेन सरकारले भूमिहीन–सुकुम्बासीहरुलाई उठिबास लगाएको बताए ।






