काठमाडौँ : चलचित्र ‘पाँच पाण्डव’को छायाङ्कन सकिएको छ । ६६औँ दिनमा चलचित्रको छायाङ्कन सकिएको हो ।
छायाङ्कन प्याकअप लेखिएको केक काट्दै निर्माण युनिटले सोमबार चलचित्रको इन्डक्ल्याप गरेको हो । चलचित्रका निर्देशक वसन्त निरौला हुन् । ‘२०८२ चैत २ गतेबाट सुरु भएको चलचित्रको छायाङ्कन हामीले ६६ दिन लगाएर सक्यौँ’, निर्देशक निरौलाले भने, ‘चलचित्रको छायाङ्कनमा हामीले कुनै पनि कम्प्रमाइज गरेका छैनौँ ।’
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्यको चलचित्रमा मूख्य भूमिका छ छ । दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरीलगायतको समेत अभिनय फिल्ममा देख्न सकिन्छ ।
‘पाँच पाण्डव’ चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक सुशील पौडेलले बताएका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।











