चितवन : नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ ।
संघको मिति २०८३ जेठ ११ गते बनेपा र काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकको निर्णय अनुसार नयाँ मूल्य निर्धारण गरिएको हो । संघले चितवनलाई आधार मानेर तोकेको नयाँ मूल्य जेठ १२ गतेदेखि लागू हुनेछ ।
एक्सएल अण्डा प्रतिक्रेट ५४५ रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ५३०, मझौला ५०० र सानो अण्डा ४०० रुपैयाँ तोकिएको छ । उपभोक्ताका लागि प्रतिगोटा अण्डाको खुद्रा मूल्य २५ रुपैयाँ तोकिएको छ ।











