देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

२०८३ जेष्ठ ११, सोमबार

काठमाडौँ : सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार दिएको आदेशमा पक्राउ अनुमति लिने क्रममा कानुनी प्रक्रिया र अधिकारक्षेत्रसम्बन्धी त्रुटि भएको उल्लेख गरिएको छ।

सर्वोच्चले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा हेर्ने अधिकार विशेष अदालतलाई रहेकाले काठमाडौँ जिल्ला अदालतबाट जारी भएको पक्राउ अनुमति स्वतः निष्क्रिय भएको ठहर गरेको छ। साथै, पक्राउ पुर्जी जारी गर्दा आवश्यक कानुनी प्रक्रिया पूरा नगरिएको, मनासिब आधार र कारण नखुलाइएको तथा स्वेच्छाचारी रूपमा पक्राउ गर्न नमिल्ने भन्दै अन्तरिम आदेश दिएको हो। अदालतले अर्को आदेश नभएसम्म देउवा दम्पतीलाई पक्राउ नगर्न तथा नगराउन आदेश जारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार