भक्तपुर : जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाको निधन भएको छ ।
शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका थापाको ६५ वर्षको उमेरमा सोमबार निधन भएको हो । सूर्यविनायक नगरपालिका–७ निवासी थापा विगत दुई सातादेखि मुटु तथा उच्च रक्तचापसम्बन्धी समस्याका कारण उपचाररत थिए ।
थापाको सोमबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको उनको पारिवारिक श्रोतले जनाएको छ । उनी रेडियो नेपालको सेवा निवृत्त पत्रकारसमेत हुन् । उनका एक छोरा, तीन छोरी र श्रीमती छन् ।





