सिद्धार्थ बैंकद्वारा सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

२०८३ जेष्ठ १२, मंगलवार

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ सामुदायिक विद्यालयलाई एक–एक थान इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ।

हस्तान्तरण कार्यक्रम श्री नारायणी आधारभूत विद्यालयको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठ, दमौली शाखा प्रबन्धक दिपक पौडेल, डुम्रे शाखा प्रबन्धक सुधिर वाग्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिम्खडा, यू.डब्लु.एस. नेपालका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

बैंकले शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै सामुदायिक विद्यालयका विद्यार्थीलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यले स्मार्ट बोर्ड हस्तान्तरण गरेको जनाएको छ। यसबाट प्रत्येक वर्ष १५ सयभन्दा बढी विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

बैंकका अनुसार स्मार्ट बोर्डको प्रयोगले कक्षाकोठाको शिक्षणलाई थप दृश्यात्मक, अन्तरक्रियात्मक तथा प्रभावकारी बनाउनेछ। साथै भिडियो, चित्र तथा डिजिटल सामग्रीमार्फत विद्यार्थीलाई विषयवस्तु बुझ्न सहज हुने विश्वास गरिएको छ। सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार