काठमाडौँ : काभ्रेपलाञ्चोकको धुलिखेलमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धुलिखेल-११ का २० वर्षीय निर्जल घिमिरे रहेको डीएस्पी रविन बिष्टले जानकारी दिए । बीपी राजमार्गको धुलिखेल नगरपालिका-९ पानीट्यांकीमा धुलिखेलबाट काभ्रेभञ्ज्याङ जाँदै गरेको प्र.३०२ ००८ प ७१४३ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।
धुलिखेल-११ बस्ने पुकार घिमिरेले चालाएको स्कुटरको पछाडि बसेकी निर्जलालाई उपचारका लागि धुलिखेल अस्पताल पुर्याइएको थियो । उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालक पुकारलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









