काठमाडौँ : नेपाल महिला संघको केन्द्रीय कार्यसमितिमा ७० जना सदस्य मनोनीत भएका छन् ।
कार्यसमिति अध्यक्ष मीनाकुमारी खरेलले सभापति गगन थापासँगको परामर्शमा उनीहरूलाई मनोनयन गरेकी हुन् । खरेल वैशाख २५ गते संघको अध्यक्षमा नियुक्त भएकी थिइन् ।
सभापति गगन थापाको परामर्शमा सदस्यहरू मनोनीत गरिएको उनको भनाइ छ ।











