काठमाडौँ : रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
राजविराजबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७२४८ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना २५ प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका—१ पौराई निवासी २६ बर्षीय शेख गुलामको घटनास्थलमै मृत्यु भएको हो ।
दुबै सवारी र बस चालक जिल्ला मकवानपुर गढी गाउँपालिका–३ बस्ने अन्दाजी बर्ष ५९ को लक्ष्मीभक्त ओझालाई नियन्त्रणमा लिई ईप्रका चपुरमा र मोटरसाइकल चालकको शव सरकारी अस्पताल चन्द्रनिगाहपुरमा राखिएको प्रहरीले जनाएको छ ।





