काठमाडौँ : नेपालको पेट्रोलियम पदार्थको भण्डारण क्षमतामा केही सुधार देखिए पनि यो अझै पर्याप्त नभएको पाइएको छ ।
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशभर रहेका नेपाल आयल निगमका डिपोहरूको कुल भण्डारण क्षमता १ लाख २ हजार २ सय ८१ किलोलिटर पुगेको छ ।
सर्वेक्षणअनुसार हालको भण्डारण क्षमताले माग धान्न सक्ने स्थिति निम्न बमोजिम छ । डिजेल कुल ६०,४२१ किलोलिटर भण्डारण क्षमता छ, जसले देशको मागलाई १६ दिन मात्र धान्न सक्छ । पेट्रोल २८,५४२ किलोलिटर भण्डारण क्षमता छ, जसले १४ दिनको माग धान्छ । हवाई इन्धन ९,१२३ किलोलिटर क्षमताले १७ दिनको माग धान्न सक्छ ।
मट्टितेल ४,१९५ किलोलिटर क्षमता छ । यसको खपत कम भएकाले यो भण्डारणले १४५ दिनलाई पुग्ने देखिएको छ ।









