काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राजदूत पद व्यावसायिक संस्था वा बैंकिङ क्षेत्रको प्रमुख कार्यकारी अधिकृत (सिइओ) जस्तो नभएको बताएका छन्।
उनले उक्त पदको नियुक्ति खुला प्रतिस्पर्धाका आधारमा गर्ने सोच उपयुक्त मान्न नसकिने जिकिर गर्दै यस्तो बताएका हुन्। थापाले उक्त पदका लागि योग्य र सक्षम व्यक्तिहरूको ‘रोस्टर’ तयार गरी बिनापूर्वाग्रह नियुक्ति गरिनु पर्ने भनाइ राखे।
‘राजदूत पद व्यावसायिक संस्था वा बैंकिङ क्षेत्रको प्रमुख कार्यकारी अधिकृत (सिइओ) जस्तो होइन। त्यसैले, यो पदको नियुक्ति खुला प्रतिस्पर्धाका आधारमा गर्ने सोच उपयुक्त मान्न सकिँदैन,’ उनले सामाजिक सञ्जालमार्फत भने, ‘यसका लागि योग्य र सक्षम व्यक्तिहरूको ‘रोस्टर’ तयार गरी बिनापूर्वाग्रह नियुक्ति गरिनु पर्दछ।’
विशेष गरी भारत, चीन र अमेरिका जस्ता रणनीतिक महत्वका मुलुकहरूमा खुला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्ने कार्य त्रुटीपूर्ण हुने उनको ठहर छ।






