काठमाडौँ : सोमबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १ सय रूपैयाँ कायम भएकोमा आज २ सय रुपैयाँले घटेर ३ लाख १० हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ४५ रूपैयाँ कायम भएकोमा आज १० रुपैयाँले बढेर ५ हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ ।








