प्रधानमन्त्रीको अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको विपक्षीको निष्कर्ष

२०८३ जेष्ठ १८, सोमबार

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा नेपाल-भारत सीमा विवादबारे दिएको विवादित अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरू एकजुट भएका छन्।

आज सोमबार बसेको विपक्षी दलहरूको आकस्मिक बैठकले प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी दिएको अभिव्यक्ति कूटनीतिक र राष्ट्रिय स्वार्थविपरीत भएको ठहर गरेको छ। प्रतिपक्षले प्रधानमन्त्रीले उक्त अभिव्यक्तिप्रति संसद् र देशवासीसामु माफी मागेर तुरुन्त फिर्ता लिनुपर्ने सर्वसम्मत निष्कर्ष निकालेको हो।

प्रतिपक्षी दलहरूको संयुक्त बैठकले सीमा अतिक्रमणका सम्बन्धमा देशको कार्यकारी प्रमुख जस्तो जिम्मेवार पदबाट आएको यस्तो गैरजिम्मेवार र तथ्यहीन अभिव्यक्ति पूर्ण रूपमा ‘राष्ट्रघाती’ भएको निष्कर्ष निकालेको छ।

प्रतिपक्षले राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि नै आँच पुर्‍याउने यो विवादास्पद अभिव्यक्ति संसद्को आधिकारिक रेकर्डबाट तुरुन्त हटाउनुपर्ने र प्रधानमन्त्री शाहले संसद्को रोष्ट्रममै उभिएर देशवासीका नाममा माफी माग्नुपर्ने अडान राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार