फिल्म ‘जारी २’ सिनेमाघर ओटीटीमा रिलिज

२०८३ जेष्ठ १८, सोमबार

काठमाडौं : नेपाली ओटीटी प्लाटफर्म सिनेमाघरले फिल्म ‘जारी २’ लाई रिलिज गरेको छ । विश्वभरका दर्शकले उपेन्द्र सुब्बा निर्देशित फिल्मलाई उक्त ओटीटी प्लाटफर्ममा हेर्न सक्नेछन् ।

यो फिल्मले बक्सअफिसमा सुखद कमाइ गरेको थियो । लिम्बु समुदायमा कुनैबेला विद्यमान जारी प्रथाको कथामा फिल्म आधारित छ । हिट फिल्म ‘जारी’को यो दोस्रो श्रृंखला समेत हो । फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतको अभिनय छ ।

दर्शकले गुगल प्ले स्टोर र एप्पलको आइओस स्टोरबाट ‘सिनेमाघर एप’ डाउनलोड गरी स्मार्टफोन वा ट्याब्लेटमा फिल्म हेर्न सक्ने जनाइएको छ । एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी र एलजी वेबओएस जस्ता स्मार्ट टिभीमा पनि यो एप सहजै डाउनलोड गर्न सकिन्छ ।

मोबाइलबाट क्रोमकास्टको प्रयोग गरेर वा कम्प्युटरमा सिधै वेब ब्राउजरमार्फत पनि ‘जारी २’ हेर्न सकिने सुविधा प्लेटफर्मले प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार