प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

२०८३ जेष्ठ १८, सोमबार

काठमाडौं : प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले जेठ १९ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका हुन् ।

त्यसअघि आजै बसेको बैठक प्रतिपक्षी दलको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि पुनः बसेको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका थिए ।

नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै विपक्षीले विरोध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार