महिलालाई हातपात गरेको आरोपमा रास्वपा नेता पक्राउ

२०८३ जेष्ठ १८, सोमबार

काठमाडौं : जाजरकोटमा एक महिलामाथि हातपात र कुटपिट गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिकाका सभापति मोहनविक्रम शाही रहेका छन् । एक महिलालाई अपशब्द प्रयोग गरी हातपात तथा कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिए ।

उनका अनुसार शाहीले यही जेठ १६ गते बिहान ८ बजेको समयमा कुशे गाउँपालिका वडा नम्बर ६ घरङ्गास्थित स्वास्थ्य चौकीमा एक महिलालाई हातपात गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट अभद्र व्यवहार कसुर मुद्दामा ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार