सदन फेसन शो गर्ने ठाउँ होइन : ऐन महर

२०८३ जेष्ठ १८, सोमबार

काठमाडौं : नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक ऐन महरले सदन फेसन शो गर्ने ठाउँ नभएको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) फेसन शो गर्ने थलोका रूपमा सदनमा पेस हुने गरेका टिप्पणी गरे ।

उनले भने, “सेनाले व्यवस्थापन गरेका कार्यक्रममा नेपाली पोसाकमा दौरासुरुवाल लगाएर प्रधानमन्त्री जानुहुन्छ । जब सदनमा आउनुहुन्छ, फुटबल खेल्ने ड्रेसमा आउनुहुन्छ । त्यो हो उहाँको सदनप्रतिको दृष्टिकोण ?”

संसद्को गरिमा कायम राख्नका निम्ति उनले सभामुख डीपी अर्याललाई आग्रह पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार