काठमाडौं : नेपाली कांग्रेसले सरकारका कामकारबाहीमा सूक्ष्म निगरानी राख्न र संसदीय अभ्यासलाई प्रभावकारी बनाउने उद्देश्यले ‘छाया सरकार’ गठन गरेको छ।
संसदीय दलले दलका नेता भीष्मराज आङ्देम्बेलाई छाया प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको छ भने विभिन्न मन्त्रालयका लागि छाया मन्त्रीहरू तोकेको छ।
छाया मन्त्रिपरिषद्मा प्रकाश सिंह कार्की (गृह), नरेन्द्रकुमार केरुङ (अर्थ), सुनिलबहादुर थापा (परराष्ट्र), मोहन आचार्य (पूर्वाधार विकास), डा. फिर्दोष आलम (शिक्षा तथा खेलकुद), डा. चन्द्र मोहन यादव (स्वास्थ्य तथा खाद्य स्वच्छता), खम्मबहादुर खाती (कानुन, न्याय तथा संसदीय मामिला), खड्ग शाही (रक्षा), मनमाया विश्वकर्मा (सूचना तथा सञ्चार), सन्तोष सुब्बा (ऊर्जा, जलस्रोत तथा सिँचाइ) र योगेश गौचन (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन) रहेका छन्।






