आवश्यक परे प्रधानमन्त्री फेरि सदनमा उपस्थित भएर जवाफ दिनुहुन्छ : प्रवक्ता पोखरेल

२०८३ जेष्ठ १९, मंगलवार

काठमाडौँ : सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति उत्तरदायी रहेको र आवश्यक परेमा फेरि पनि सदनमा उपस्थित भएर जवाफ दिने बताएका छन्।

मंगलवार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता पोखरेलले सांसदले उठाएका प्रश्नको आइतबार जवाफ दिएको र आवश्यक परेमा फेरि सदनमा उपस्थित हुने प्रतिबद्धता जनाए।

‘हामीले देखेकै छौँ, प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनुहुन्छ,’ पोखरेलले भने, ‘उहाँले केही दिनअघि सदनमा उपस्थित भएर जवाफ दिनुभएको थियो र आवश्यकता परेमा फेरि पनि सदनमा उपस्थित भएर जवाफ दिनुहुनेछ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार