प्रधानमन्त्रीज्यू, सदनमा आएर सबैको चित्त बुझाइदिनुहोला : अशिका तामाङ

२०८३ जेष्ठ १९, मंगलवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अशिका तामाङले संसद्को जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीलाई जवाफ दिन अपिल गरेकी छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर प्रतिपक्षले उठाएका प्रश्नको जवाफ दिन र सत्तापक्षको समेत मन राखिदिन आग्रह गरेकी हुन्। सांसद तामाङले राष्ट्रियताका सवालमा सत्ता र प्रतिपक्ष नभनी एकजुट हुनुपर्नेमा जोड दिएकी छन्। विपक्षी सधैँ सही वा सधैँ गलत नहुने उल्लेख गर्दै उनले राष्ट्रिय मुद्दामा विभेद नगरी अघि बढ्नुपर्ने औंल्याइन्।

लगातार तीन दिनदेखि संसद् अवरुद्ध भएकोमा असन्तुष्टि जनाउँदै उनले संसद्को काम केवल हाजिर गर्ने र भत्ता पचाउने मात्र हुन नहुने बताइन्।बजेटजस्तो मुलुकको मेरुदण्डमा छलफल गर्नुपर्ने समयमा सदन अवरुद्ध हुनुले देशलाई नै घाटा पुग्ने उनको विश्लेषण छ। ‘जब देश विकासको मेरुदण्ड बजेटमा हामी बहस गर्न असमर्थ छौं भने देशले कसरी निकास र विकास पाउँछ ?’ उनले प्रश्न गरेकी छन्।

उनले प्रधानमन्त्रीलाई सदनमा आएर सबैको चित्त बुझाउन अपिल गरिन्। ‘तपाईं हाम्रो अभिभावक हो, हामी तपाईंका सन्तान हौँ। अब तपाईंले नै वास्ता नगर्ने हो भने हामी टुहुरा हुनेछौँ,’ तामाङले लेखेकी छन्, ‘कृपया सदनमा आइदिनु भई प्रतिपक्ष दलका सवालको जवाफ दिनुहोला र हामी सत्तापक्षको मन राखिदिनुहोला।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार