नेपाल एयरलाइन्सका कर्मचारी ५४ लाखसहित पक्राउ

२०८३ जेष्ठ १९, मंगलवार

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल एयरलाइन्सकै कर्मचारी विदेशी मुद्रा तस्करीमा संलग्न भेटिएका छन्।

नेपाल एयरलाइन्सका ग्राउन्ड इक्विपमेन्ट अपरेटर कमलनारायण विश्वासलाई प्रहरीले सोमबार मलेसिया तस्करी गर्न लागिएको विदेशी मुद्दासहित पक्राउ गरेको छ।

उनले फलामको कराईभित्र लुकाएर विभिन्न देशका मुद्रा तस्करीको प्रयास गरेका थिए। उनीसँग नेपाली ११ लाख नेपाली रुपैयाँ र ४४ लाख ७१ हजार रुपैयाँबराबरको विदेशी मुद्रा बरामद भएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए।

उनी २६ पटक विभिन्न देश गइसकेको प्रारम्भिक छानबिनमा खुलेको छ। उनीमाथि थप छानबिनका लागि प्रहरीले राजस्व अनुसन्धान विभागलाई जिम्मेवारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार