पार्टी, जाति, धर्म र वर्गभन्दा माथि हुन्छ देश : हर्क साम्पाङ

२०८३ जेष्ठ २०, बुधबार

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ (साम्पाङ) ले देशको सार्वभौमसत्ता र अखण्डताको विषयमा सत्ता र प्रतिपक्ष नहुने बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष साम्पाङले देश पार्टी, जाति, धर्म र वर्गभन्दा माथि रहने भन्दै राष्ट्रियताका सवालमा सबै सांसदहरू एक जुट हुनुपर्नेमा जोड दिएका छन्।

‘सत्तापक्ष र विपक्ष भन्ने कुरा छैन। देशको सीमाना, अखण्डता, सार्वभौमसत्ता जोगाउने कुरा हो’, साम्पाङले भने, ‘हामी सबै सांसदको एउटै माग हुन जरूरी छ। प्रधानमन्त्री जस्तो व्यक्तिले दिएको जेठ १७ गतेको अभिव्यक्ति सच्याउनुपर्छ। उहाँ यहाँ उपस्थित हुनुपर्छ।’

यसै क्रममा, अध्यक्ष साम्पाङले गत जेठ १७ गते संसद् बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। पार्टी संसदीय दलका नेतासमेत रहेका राईले प्रधानमन्त्रीजस्तो राज्यको प्रमुख व्यक्तिबाट आएको उक्त विवादास्पद अभिव्यक्ति अविलम्ब सच्याउनुपर्ने माग गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार