सिर्जना खत्रीको नयाँ गीत ‘फुलमाया’ सार्वजनिक

२०८३ जेष्ठ २१, बिहीबार

काठमाडौँ : गायिका सिर्जना खत्री ‘हाउडेमाया’को नयाँ गीत ‘फुलमाया’ सार्वजनिक गरिएको छ ।

शब्द तथा सङ्गीत समेत खत्रीकै रहेको यस गीतको सङ्गीत संयोजन योगेश काजी श्रेष्ठले गरेका हुन् । गीतमा आयुष प्रितिलको र्‍याप छ । नितिन चन्दद्वारा निर्देशित यस म्युजिक भिडियोमा जङ्गलको पृष्ठभूमिमा एक काल्पनिक राज्य ‘ठमेल राज्य’को कथा र भोज (पार्टी)को दृश्य देखाइएको छ। भिडियोमा परम्परागत तथा आधुनिक शैलीको फ्युजन छ ।

भिडियोको नृत्य निर्देशन रूपेश थापाले गरेका हुन् भने छायाङ्कन रोहित सिंहको रहेको छ । भिडियोमा गायिका खत्रीको अलावा आयुष प्रितिल, दिपा शाही, सृजन खरेल लगायतको अभिनय देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार