काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन् ।
उदयपुरको बेलकामा आयोजित एक कार्यक्रमा सहभागी हुन कटारीबाट जाँदै गर्दा बीच बाटोमै साम्पाङ दुर्घटनामा परेका थिए । अध्यक्ष साम्पाङको हातमा चोट लागेको र अवस्था सामान्य रहेको श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले जानकारी दिए ।
साथै किराँतीले साम्पाङलाई सामान्य चोटपटक भएकाले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनी आफ्नो दैनिकीमा सदाझै सकृय हुने जानकारी दिएका छन्।
किराँतीले लेखेका छन्, ‘हाम्रो श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा परेको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो, तर सामान्य चोटपटक मात्र भएकोले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र उहाँ आफ्नो दैनिकीमा सदाझै सकृय हुनुहुन्छ,’ उनले भनेका छन्, ‘आम पार्टी पंक्ति अर्थात श्रमदाता शुभेच्छुक तथा साथीहरूलाई धेरै चिन्ता नगर्न अनुरोध गर्दछु। अध्यक्षज्यूको पूर्ण सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’





