उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले

२०८३ जेष्ठ २२, शुक्रबार

काठमाडौँ : काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी एसएसपी सुरेश काफ्लेले पाएका छन्।

यसअघि गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री वालेन्द्र शाहले शान्तिराज कोइरालालाई सरुवा गर्ने निर्णय गरे पनि उक्त सरुवा विवादमा परेको थियो।

विवादकै कारण कोइरालालाई प्रहरी प्रधान कार्यालय लगेर त्यहाँ कार्यरत एसएसपी काफ्लेलाई काजमा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खटाउने निर्णय भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। यसअघि यहाँ कार्यरत नवराज अधिकारीलाई साइबर ब्युरो भोटाहिटी सरुवा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार