‘यो सुविधा गुणस्तरीय, भरपर्दो तथा दीर्घकालीन उत्पादन उपलब्ध गराउने एलजीको प्रतिवद्धताको प्रतिबिम्ब हो’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘ग्राहकलाई टीभी खरिद अझ सहज बनाउन छनोट भएका मोडलहरूमा ३० प्रतिशतसम्म क्यासब्याक, नो कस्ट ईएमआई, उत्कृष्ट एक्स्चेन्ज मूल्याङ्कन तथा प्राथमिकता प्राप्त इन्स्टलेसन सेवा समेत उपलब्ध गराइएको छ।’
यो विशेष अफर २०८३ जेठ २१ गते (जुन ४) देखि साउन ४ गते (जुलाई १९) सम्म देशभरका आधिकारिक एलजी विक्रेतामार्फत लागु हुनेछ।








