राष्ट्रिय स्वतन्त्र पार्टीको ४,२४६ वडाको अधिवेशन सकियो

२०८३ जेष्ठ २३, शनिबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले ५१२ वटा पालिकामा अधिवेशन सकेर नयाँ नेतृत्व चयन गरेको छ। त्यस्तै, चार हजार २४६ वडामा पनि अधिवेशन सकिएको छ ।

पार्टीका केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगानाका अनुसार जेठ २ र ३ गते वडा भेला तथा वडा अधिवेशन सञ्चालन भएको थियो । त्यस्तै, ९ र १० जेठमा पालिका अधिवेशन भएको हो। सो अवधिमा सञ्चालन नभएका पालिका तथा वडामा १६ र १७ जेठमा अधिवेशन गरिएको रास्वपाले जनाएको छ। केहीमा भने तदर्थ समिति बनाइएको छ ।

शनिबार र आइतबार रास्वपाको जिल्ला अधिवेशन हुँदै छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवेशन हुने जिल्लाहरूमा निर्वाचन समिति गठन गरिसकेको नेता ढुंगानाले जानकारी दिए। रास्वपाको पहिलो केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गते चितवनमा हुँदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार