राष्ट्रिय स्वतन्त्र पार्टीको हुम्ला सभापतिमा ऐडी सर्वसम्मत

२०८३ जेष्ठ २४, आईतवार

हुम्ला : राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो जिल्ला भेलाले लक्ष्मण ऐडीको नेतृत्वमा सर्वसम्मतिमा नौ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।

उनी यसअघि उपसभापति थिए। भेलाले उपसभापतिमा रिन्जेन लामा, सचिवमा मनोज बाहेरा, सहसचिवमा तीर्थराज बुढा र कोषाध्यक्षमा कमन शाहीलाई चयन गरेको हो । भेलाले सदस्यमा नरेन्द्र बुढा, सुरेश बुढा, बाँचे बुढा र अस्मिता बुढालाई चयन गरेको छ ।समितिलाई भेलाले चयन गरेको हो ।

यसैबीच, सभापति चयन भएपछि ऐडीले देश र जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार